४ कार्तिक २०८३, बुधबार

सुनको मूल्यमा नयाँ रेकर्ड, तोलाको कति ?

1.2k
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाडौं, १० माघ । नेपाली बजारमा मंगलबार सुनको मूल्यले नयाँ रेकर्ड कायम गरेको छ ।

लगातार बढिरहेको सुनको मूल्य आज १ हजार रुपैयाँले बढेको छ ।

आज छापावाला सुन प्रतितोला १ लाख ६ हजार ३ सय रुपैयाँमा कारोबार भइरहेको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ । यो हालसम्मकै उच्च मूल्यको नयाँ रेकर्ड हो ।

यसअघि सोमबार छापावाला सुन प्रति तोला १ लाख ५ हजार ३ सय रुपैयाँमा कारोबार भएको थियो ।

महासंघका अनुसार मंगलबार तेजावी सुनको मूल्य तोलाको १ लाख ५ हजार ८ सय रुपैयाँमा कारोबार भइरहेको छ ।

आज चाँदीको मूल्य प्रति तोला १५ रुपैयाँले घटेको छ । चाँदीको मूल्य प्रति तोला १ हजार ३ सय ६५ रुपैयाँ कायम भएको महासंघले जनाएको छ ।  सोमबार चाँदीको मूल्य प्रति तोला १ हजार ३८० रुपैयाँमा कारोबार भएको थियो ।