
काठमाडौं, ९ माघ । साताको पहिलो कारोबारका दिन सोमबार नेप्से परिसूचकमा गिरावट आएको छ ।
सोमबार बजार परिसूचक नेप्से १३.७१ अंक (०.६३ प्रतिशत) ले गिरावट भएर २१६५.१० मा कारोबार बन्द भयो ।
आज १ कारोड ७ लाख ५९ हजार ५७९ कित्ता सेयर ३ अर्ब ८६ करोड ४० लाख ९ हजारमा किनबेच भएको छ ।
कुमारी बैंकको २७ करोड ४८ लाख २९ हजारको कारोबार हुँदा एनआईसी एशिया बैंकको १२ करोड ७५ लाख ७८ हजार, रिडी हाइड्रोपावरको ११ करोड ३३ लाख २३ हजार, अपी पावरको ११ करोड १३ लाख ९० हजार र एभरेष्ट बैंकको १० करोड २ लाख ७२ हजारको कारोबार भएको छ ।















प्रतिक्रिया