
काठमाडौं, ९ माघ । गण्डकी प्रदेशमा मन्त्रालयको संख्या घटाइएको छ । मन्त्रालय संख्या १२ बाट घटाएर ७ वटा मात्रै राख्ने निर्णय भएको हो ।
सोमबार बिहान मुख्यमन्त्री खगराज अधिकारी र गठबन्धनमा आवद्द पार्टीका शीर्ष नेताहरुबीचको छलफलले मन्त्रालय घटाएर ७ वटा मात्रै राख्ने निर्णय गरेको हो ।
अब मुख्यमन्त्री तथा मन्त्रिपरिषद् कार्यालय, आर्थिक मामिला, अन्तरिक मामिला तथा कानुन, भौतिक पूर्वाधार निकास, सामाजिक विकास तथा स्वास्थ्य, उद्योग, पर्यटन, वन तथा वावरण र कृषि तथा जलस्रोत मन्त्रालय रहनेछ ।















प्रतिक्रिया