१ कार्तिक २०८३, आइतबार

काँग्रेसले राष्ट्रपतिमा पनि उम्मेदवारी दिने

322
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाडौं। ९ माघ । नेपाली काँग्रेसले राष्ट्रपति पदमा पनि उम्मेदवारी दिने निर्णय गरेको छ ।

सोमबार बिहान बसेको काँग्रेस पदाधिकारी बैठकले राष्ट्रपतिमा पनि उम्मेदवारी दिने निर्णय गरेको हो । बैठकले सकभर राष्ट्रपतिका लागि सर्वसम्मत प्रयास गर्ने निर्णय गरेको छ ।

राष्ट्रपतिमा काँग्रेस उम्मेदवारको पक्षमा अन्य दलसँग पनि सहयोग माग्ने काँग्रेसले निर्णय गरेको हो । राष्ट्रपतिको निर्वाचनका लागि कानूनी अड्चन देखिएकाले यसलाई समाधान गर्दै समयमा नै निर्वाचन गर्न सरकार र निर्वाचन आयोगको ध्यानाकर्षण गराउने निर्णय भएको कांग्रेस प्रवक्त डा. प्रकाशशरण महतले जानकारी दिए ।

बैठकले राष्ट्रपतिमा कांग्रेसबाट उम्मेदवार उठाउने र समर्थनका लागि अन्य दलहरुसंग छलफल गर्ने निर्णय भएको उनले बताए । अहिलेको व्यवस्था अनुसार माघ २९ भित्रै राष्ट्रपतिको निर्वाचन गर्नुपर्ने कांग्रेसको जोड रहेको महतले बताए ।

यसअघि प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ लाई विश्वासको मत दिएको काँग्रेसले सभामुख र उपसभामुख पदमा पनि उम्मेदवार खडा गरेको थियो ।