
काभ्रे, ३ जेठ । लेजर नेपाल र निडसार संस्थाले काभ्रे, सिन्धुपाल्चोक, ललितपुर र काठमाडौंका विभिन्न स्थानमा भूकम्पपीडितलाई राहत वितरण गरेको छ ।
काभ्रेको दुर्गम क्षेत्रमा रहेको कोशीदेखा गाविसको वडा–६ मा पर्ने ज्यामिरे र ८ र ९ मा पर्ने कान्जिजोरमा रहेका भूकम्पपीडितलाई राहत वितरण गरिएको हो । लेजर नेपालका अध्यक्ष अनल गौतम र निडसारकी कोषाध्यक्ष रमा दाहालको नेतृत्वमा करिब १० लाख बराबरको राहत वितरण गरिएको हो ।

यसअघि उक्त संस्थाहरूले ललितपुरको हरिसिद्धि र ठैबमा रहेका करिब दुई हजार भूकम्पपीडितलाई राहत वितरण गरेको थियो । त्यस्तै, संस्थाले साँखु नाङलेभारेको ढकाल गाउँमा रहेका ६ सयलाई राहत वितरण गरेको थियो । लेजर नेपाल र निडसारले सिन्धुपाल्चोकको मेलम्चीको अति दुर्गम मानिने दुवाचौर र केरुङ गाविसमा पुगेर राहत वितरण गरेको छ ।
त्यहाँका भूकम्पपीडित सात हजार १५ जनालाई राहत वितरण गरिएको छ । त्यो ठाउँमा एक सय ५७ जनाको ज्यान गएको थियो भने त्यति नै संख्यामा घाइते भएका थिए ।
संस्थाले पीडितलाई विद्यालयमा जम्मा गरेर आवश्यकता पहिचान गरी राहत वितरण गरेको रमा दाहालले बताइन् । संस्थाले पीडितलाई टेन्ट, प्लास्टिक सिट, औषधि, जीवनजल, ड्राइफुड, सेनेटरी न्याप्किन, कटन, पिउस, पोटास, साबुन, गुल्कोजलगायत सामग्री वितरण गरिएको थियो । संस्थाले यो सबै राहत सामग्री आफ्नै पहलमा वितरण गरेको जनाएको छ ।

राहत वितरणमा स्वयंसेवकको रूपमा रोशन श्रेष्ठ, श्रीजा श्रेष्ठ, विप्लिका जोशी, नितु थापा, जय गौतम, दीपक रेग्मी, राम पराजुली, रेनुका राई, सपना राई, रोहित शाह, अश्रित मास्के, स्मृति घिमिरे, सदावहार साप्ताहिकका प्रधानसम्पादक इन्द्र रिजाल, राम मैनाली, भरत भट्टराई, शमशेर रोका, दामोदर पौडेल, सुनील सिजापती, सीताराम कँडेल, एलिस केसी, मेनुका शर्मालगायत रहेका छन् ।
संस्थाले निजी पहलमा आगामी दिनमा थप राहत वितरण गर्ने बताएको छ । संस्थाले पहिला पीडितको ठाउँ पहिचान गरेर त्यहाँको आवश्यकता अनुसार राहत लिएर जाने योजना अगाडि सारेको छ । राहत वितरणका लागि जाँदा आफूहरूले आवश्यकता अनुसार राहत उपलब्ध गराउँदा पीडितहरू निकै खुसी भएको रमा दाहालले बताइन् ।















प्रतिक्रिया