५ कार्तिक २०८३, बिहिबार

भारतको हस्तक्षेप विरुद्ध लड्छौं : विप्लव

0
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

Netra-Bikram-Chandकाठमाडौँ, ३ जेठ । नेकपा माओवादीका महासचिव नेत्रविक्रम चन्द विप्लवले भूकम्पपीडितको उद्दारको लागि आएको विदेशी सेनालाई आ–आफ्नो देशमा फर्कन आग्रह गरेका छन् ।

पार्टीको कन्द्रीय समितिले लिएको निर्णय सार्वजनिक गर्न आइतबार खुला मंचमा आयोजना गरिको पत्रकार सम्मेलनमा नेता विप्लवले केही देशका सेना फर्किन नमानेको भन्दै तत्काल सबै सेनालाई आफ्नो देश फर्किन आग्रह गरेका हुन् ।

‘विपत्तिमा विदेशीहरुको सहयोग सह्रानिय छ, तर सहयोगका नाममा मनोमानी गर्न पाइदैन्, सरकारको निर्देशन अनुसार सबै देशका सेनाले फटाफट स्वदेश फर्किनुपर्छ,’ उनले भने ।

उनले छिमेकी देश भारतले राष्ट्रियतामाथि हस्तक्षेप गर्न खाजेर मनोमानी गरिरहेको खबर आएको बताउँदै त्यसका विरुद्ध जस्तोसुकै लडाइँ लड्न पनि तयार रहेको बताए । ‘भारत हाम्रो छिमेकी हो, उसले छिमेकीकै सीमाभित्र बस्नुपर्छ, मनोमानी गर्न पाइदैन् ।’

उनले विदेशी सेना बर्दीसहित आउँदा सरकारले लाचारी र दालाली गरेको आरोप समेत लगाए । भूकम्प पीडितको लागि आफ्नो पार्टीले दुःख साट्न सबै जिल्लामा पार्टी परिचालन गरेको विप्लवले जानकारी गराउँदै भने, ‘हामीले जनताको दुःख साटसाट गर्न देश र विदेशमा गरिएको राहत संकलनलाई हस्तान्त्रण गरेका छौँ, हाम्रो पार्टीले दुई हजार युवा १७ जिल्लामा परिचालन गरेको छौँ’ महासचिव विप्लवले भने ।