१ कार्तिक २०८३, आइतबार

रोनाल्डोको डेभ्यु खेलमा अल नासरको जित

476
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाडौं, ९ माघ । पोर्चुगिज फरवार्ड क्रिस्टियानो रोनाल्डोले साउदी प्रो लिगमा डेभ्यु गरेका छन् ।

गएराती सम्पन्न खेलमा रोनाल्डोले अल नासरबाट साउदी लिगमा अल एत्तिफाकविरुद्ध खेल्दै डेभ्यु गरेका हुन् ।

नासरले एत्तिफाकलाई १–० ले हराएको छ । अल नासरको जितमा खेलको ३१औं मिनेटमा ब्राजिलका मिडफिल्डर एन्डरसन तालिस्काले गोल गरेका थिए ।

जितसँगै अल नासर लिगको शिर्ष स्थानमा उक्लिएको छ । अल नासरको १४ खेलमा ३३ अंक रहेको छ ।