काठमाडौं, ३ जेठ । नेपालमा अहिले भूकम्पबाट मृत्यु हुनेको संख्या भन्डै ८ हजार नाघिसकेको छ भने १७ हजार भन्दाबढी मानिस घाइते अवस्थामा रहेका छन् ।
यसैबीच कलंकी युथ डिजास्टर रिलिफ कम्युनिटीले भूकम्पबाट घाईते भएकाहरुलाई उपचार गराउने र खाना खुवाउनेदेखि पिडितहरुलाई राहात वितरण, स्वास्थ्य शिविर सञ्चालन गर्नुका साथै निःशुल्क औषधी वितरण तथा विभिन्न सामाजिक उत्तरदायित्व भूमिका निर्वाह गर्दै आएकोे छ ।
एनआरएन अष्ट्रेलियाको सहयोगमा शहिद मेमोरियल अस्पताललाई भूकम्पबाट घाइतेहरुको लागि निःशुल्क औषधी वितरण गरेको र करिब दुई सय बिरामीको उपचार गरेको कार्यक्रमका संयोजक सुरेश रायमाझीले बताए ।
भूकम्पप्रभावित अन्य स्थानमा पनि औषधी वितरण र स्वास्थ्य शिविर सञ्चालन गर्न लागेको कम्युनिटीका सल्लाहकार अरुण घलेले बताए ।















प्रतिक्रिया