५ कार्तिक २०८३, बिहिबार

प्रहरीसँग मिलेर व्यापारीले भूकम्प पीडितको राहत ‘कब्जा’ गर्‍यो

0
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

Prarena-tarai-rahat (2)– कैलाश खत्री

रामेछाप, ३ जेठ । भूकम्प पीडितका लागि ल्याइएको राहत सामग्री प्रहरी सहितको मिलेमतोमा स्थानीय व्यापारीले लुकाएको भन्दै रामेछाप जिल्लाको बेताली गाविसको वडा नं. १ मा विवाद बढेको छ ।

स्थानीयका अनुसार असई रामरेज नारायण यादवको जिम्मामा रहेको राहत सामग्री राखिएको कोठाको साँचो बेतालीका प्राविधिक सहायक बाबुराम घिमिरेले लिई त्रिपाल र खाद्य सामग्री लुकाएको भन्दै स्थानीयले विरोध गरेपछि झडपको स्थिति सिर्जना भएको हो ।

प्राविधिक सहायक घिमिरेले पीडितका लागि गएको मध्ये १० थान त्रिपालसहित काजु, नरिवलको प्याकेट अपचलन गरेको स्थानीय बासिन्दाको आरोप छ । घटनाको सत्यतथ्य बुझी अघि बढ्ने रामेछापका प्रमुख जिल्ला अधिकारी शम्भूप्रसाद मरासिनीले बताउनुभएको छ ।