
– कैलाश खत्री
रामेछाप, ३ जेठ । महाभूकम्पले नेपालको पर्यटकीय क्षेत्रको रुपमा रहेको ओखलढुंगाको पोकली झरनामुनीको बस्ती भाँसिएर बग्न थालेको छ । बैशाख १२ गतेको भूकम्पपछि चिरा चिरा परेको बस्ती २९ गते गएको अर्को भुकम्पले भाँसिएर बग्न थालेको हो ।
भाँसिएर बस्ती नै सर्दै गएपछि मानिसहरुले घर छोडेर अन्यत्र गएका छन् । जमिन भाँसिएकै समयमा भागेर ज्यान बचाएकाहरु अहिलेसम्म बस्तीमा फर्केका छैनन् । पोकली गाविस वडा ३ मा रहेको १ सय १३ घरधुरी मध्य २५ घरधुरी जमिन भाँसिएको पोकलीका स्थनीय रमेश कुमार घिमिरेले जानकारी दिनुभयो ।
त्यहाँका स्थानीयहरु अस्थायी छाप्रो बनाएर बसरहेका छन । बस्ती बगेको खबर जिल्ला दैवि प्रकोप उद्धार समितिलाई जानकारी गराए पनी बस्ती सार्ने बिषयमा कुनै निर्णय नगरेको स्थानीयको भनाइ छ ।















प्रतिक्रिया