
काठमाडौं, ६ माघ । नेकपा एमालेका सबै जनसंगठनले अधिवेशन/महाधिवेशन गर्न मिति र स्थान तोकेका छन् ।
अधिवेशन/महाधिवेशन गर्न बाँकी सबै जनसंगठनहरूले आगामी चैत्र मसान्तभित्रै राष्ट्रिय अधिवेशन र महाधिवेशन सम्पन्न गर्नेगरी मिति तय गरेका हुन् ।
धुलिखेलमा सम्पन्न जनसंगठन सुदृढीकरण कार्यशालाको निर्णयअनुरुप चैत्र मसान्तभित्र महाधिवेशन सम्पन्न गर्ने गरी ९ वटा जनसंगठनहरुले मिति तोकेका हुन् ।
यस्तो छ सूची–

लामो समयदेखि राष्ट्रिय सम्मेलन/महाधिवेशन हुन नसकेको कारण एमालेले चैत्र मसान्तसम्म सबै जनसंगठनको महाधिवेशन गरिसक्ने निर्णय गरेको थियो । सोहीअनुसार सबै संगठनहरुले आफ्नो बैठक राखेर महाधिवेशनको मिति तोकेका हुन् ।
१४ वटा जनसंगठनहरुले यसअघि नै महाधिवेशन सम्पन्न गरिसकेको बताइएको छ ।















प्रतिक्रिया