
काठमाडौं, ६ माघ । कर्तव्य ज्यान मुद्दामा फरार रहेका सांसद लक्ष्मी महतो कोइरीलाई पक्राउ गर्न गृहमन्त्री रवि लामिछानेले दिएको मौखिक निर्देशन नमानेको भन्दै आज गृहमन्त्रालयले लिखित निर्देशन जारी गरेको छ ।
महोत्तरी निर्वाचन क्षेत्र नम्बर १ बाट प्रतिनिधि सभा सदस्य निर्वाचित सांसद कोइरीलाई पक्रिन आज गृह मन्त्रालयले प्रहरी प्रधान कार्यालयलाई निर्देशनात्मक पत्राचार गरेको हो ।
फरार प्रतिवादी सांसद यसअघि संसदमा उपस्थित भएको विषयमा प्रश्न उठेपछि उपप्रधानमन्त्री तथा गृहमन्त्री रवि लामिछानेले तत्काल पक्राउ गर्न मौखिक निर्देशन दिएका थिए । तर, उनी अझै पक्राउ परेका छैनन् ।
उनलाई पक्राउ गर्न आज शुक्रबार गृहमन्त्रालयका प्रवक्ता फणिन्द्रमणि पोखरेलले विज्ञप्ति जारी गर्दै उपप्रधान तथा गृहमन्त्रीले पटकपटक दिएको मौखिक निर्देशन कार्यान्वयन नभएकोमा गम्भीर ध्यानाकर्षण भएको जनाएका छन् ।
कोइरीमाथि मधेस आन्दोलनका क्रममा घाइते भई अस्पताल लैजाँदै गरेका सई थमन थापालाई एम्बुलेन्सबाट थुतेर हत्या गरेको अभियोग छ ।
यस्तो छ विज्ञप्ति–
















प्रतिक्रिया