३१ आश्विन २०८३, शनिबार

बालेनलाई महानगरवासीको प्रश्न– टुकुचा बिगार्ने अनि लापरवाही तरिकाले छाड्ने ? (भिडिओ)

84
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाडौं, ६ माघ । काठमाडौं महानगरले निजी जग्गामा डोजर चलाउन थालेको भन्दै पीडित परिवारलगायत सरोकारवालाहरूले विरोध प्रदर्शन गरेका छन् ।

शुक्रबार काठमाडौंको राष्ट्रियसभागृहमा महानगरको नगर सभाको १२औं अधिवेशन चलिरहेका बेला उनीहरूले सडक विस्ताको नाममा नागरिकको निजी सम्पत्ति कब्जा गर्न नपाइने भन्दै राष्ट्रिय सभागृहअगाडि प्रदर्शन गरेका हुन् ।

निजी सम्पत्तिमा बिनापूर्जी गुण्डागर्दी शैलीमा डोजर आतंक गरिएको उनीहरूको आरोप छ । त्यस्तै उनीहरूले फोहर मैला व्यवस्थापन कहाँ पुग्यो ? टुकुचा बिगार्ने अनि लापरवाही तरिकाले छाड्ने ? हिड्ने अधिकार सुनिश्चित गर्न फुटपाथ सुरक्षित गर्ने अभियान कहा पुग्यो ? लगायत दर्जन बढी प्रश्न गर्दै प्रदर्शन गरेका छन् ।

उपत्यकाव्यापी सडक विस्तार पीडित संघर्ष समिति सुमन सायमीले उपत्यकाको समस्यमा समाधान गर्न काठमाडौंको मेयर असफल भएको र लोकप्रियताका लागि डोजर आतंक फैलाइएको बताए । उनले क्षेत्राधिकार भन्दा बाहिर नजान र महानगरको निर्णयको कपी पठाएर मात्रै काम गर्न आफूले सुझाव दिदा आफैलाई प्रहरी प्रशासन लगाएर पक्राउ गरिएको जिकिर गरेका छन् ।

संघर्ष समितिले महानगरको गलत कदमविरुद्ध आन्दोलन गर्ने तयारी समेत गरेको छ ।