३१ आश्विन २०८३, शनिबार

कांग्रेस नेतृत्वको सरकारले छिमेक सम्बन्धलाई तनाव बढाउने काम गर्‍यो : केपी ओली (भिडिओ)

28
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाडौं, ६ माघ । नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले मुलुकको हितलाई दृष्टिगत गर्दै सन्तुलित, विश्वससीय भरपर्दो अन्तराष्ट्रिय सम्बन्ध कायम गर्नुपर्ने बताएका छन् ।

नेकपा एमाले परराष्ट्र मामिला विभागले शुक्रबार काठमाडौंमा आयोजना गरेको कार्यक्रममा ओलीले यसअघि छिमेक सम्बन्धलाई कृत्रिम रुपमा तनाव बढाउने काम भएको भन्दै अब नयाँ सरकारले सन्तुलित, विश्वसनीय र भरपर्दो अन्तर्राष्ट्रिय सम्बन्ध कायम गर्नुपर्ने बताएका हुन् ।

छिमेकमा बसेर अर्काको अहित गर्न नमिल्ने भन्दै उनले छिमेकीहरुका लागि असल छिमेकी हुन चाहेको जिकिर गरे । अध्यक्ष ओलीले कसैको पनि सैनिक शिविर, कुनै प्रकारको सैनिक गतिविधिहरु वा अड्डाहरुमा मुलुकलाई सहभागी नगराइने जिकिर गरे ।

‘हामी हाम्रा छिमेकीहरुका लागि असल छिमेकी हुन चाहन्छौँ र उनीहरूको कुभलो गर्दैनौं,’ अध्यक्ष होलीले भने, ‘विल्कुलै कुभलो नगरी छिमेकीहरुसँग भलो चिताएर, सहयोग पुर्‍याएर, चासो र चिन्तालाई समेत सम्बोधन गरेर अघि जान्छौँ ।’

नेपालको सार्वभौमसत्ता, स्वाधिनतामा कुनै प्रकारको सम्झौता गर्ने उनले स्पष्ट पारे । अर्थतन्त्रमा देखिएका समस्या, कृत्रिम ढंगले भएको महंगीलगायतमा अन्य राष्ट्रलाई मात्रै दोष देखाइएको र आन्तरिक रुपमा केहि गर्न नसकेको ओलीको भनाइ छ ।

त्यस्तै ओलीले छिमेकी मुलुकको जाजय चासो र चिन्तालाई सम्बोधन गरेर अघि बढ्ने धारणा व्यक्त गरे ।