३१ आश्विन २०८३, शनिबार

माओवादी नेता वर्षमान पुन अस्पतालबाट डिस्चार्ज

126
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाडौं, ६ माघ । नेकपा माओवादी केन्द्रका उपमहासचिव वर्षमान पुन अस्पतालबाट डिस्चार्ज भएका छन् ।

ललितपुरको सुमेरु अस्पतालमा उपचाररत उनको स्वास्थ्यमा सुधार देखिएपछि डिस्चार्ज गरिएको बताइएको छ ।

रोल्पा समृद्ध फाउन्डेसनको कार्यक्रममा गृह जिल्ला रोल्पा पुगेका पुनको स्वास्थ्यमा गम्भीर समस्या देखिएपछि पुस ३० गते आकस्मिक रुपमा हेलिकोप्टरमार्फत काठमाडौं ल्याएर उपचार गरिएको थियो ।

चीनमा नियमित स्वास्थ्य जाँचपछि उनी पुस ५ मा नेपाल फर्किएका थिए । त्यसपछि पार्टीमा सक्रिय भएका उनी रोल्पा पुगेका थिए । गत वर्ष उनी थाइल्याण्डमा उपचारपछि चीन गएका थिए ।