
काठमाडौं, ५ माघ । नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले नेपाली कांग्रेसका महामन्त्री विश्वप्रकाश शर्माले संसदमा दिएको अभिव्यक्ति अशुभको सङ्केत भएको बताएका छन् ।
आज बिहीबार संसद बैठक सकिएपछि सञ्चारकर्मीहरूसँग कुराकानी गर्दै अध्यक्ष ओलीले मुलुकको संविधान र व्यवस्थाबमोजिमको प्रणालीमा बाँधिनुलाई ‘पिञ्जडा’ ठानिनु अशुभको सङ्केत भएको बताएका हुन् ।
‘बेलगाम चल्ने, थिति, विधिमा नबाँधिने र प्रणालीका प्रबन्धभित्र बाँधिनुलाई पिञ्जडा ठान्नु नै अशुभको संकेत हो,’ शर्माको अभिव्यक्तिमाथि जवाफस्वरुप ओलीले भने, ‘मानव समाजमा सामाजिक, धर्म, इमान र जमानको बन्धन हुन्छ, त्यसलाई पिञ्जडा भनिदैन ।’
त्यसअघि कांग्रेस महामन्त्री शर्माले प्रधानमन्त्री प्रचण्डलाई पिञ्जडामा राखेको आरोप ओलीमाथि लगाएका थिए । उच्चस्तरीय संयन्त्र बनाएको तथा त्यसको नेता ओली नै हुनु प्रचण्डलाई ‘पिञ्जडा’मा राखिनु भएको महामन्त्री शर्माको टिप्पणी थियो ।
तर, अध्यक्ष ओलीले भने संयन्त्र बनाउने अभ्यास कांग्रेसले नै थालेको बताएका छन् ।















प्रतिक्रिया