३१ आश्विन २०८३, शनिबार

राष्ट्रपतिका लागि एमालेले खडा गर्ने उम्मेदवार राष्ट्रिय सहमतिको हुनेछ : केपी ओली (भिडिओ)

490
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाडौं, ५ माघ । नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले राष्ट्रपतिका लागि एमालेले खडा गर्ने उम्मेदवार नै राष्ट्रिय सहमतिको हुने बताएका छन् ।

सभामुखको निर्वाचनपछि सञ्चारकर्मीसँग कुरा गर्दै उनले एमालेले उम्मेदवार उठाउने र त्यसैमा राष्ट्रिय सहमति बन्ने बताएका हुन् ।

प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले कांग्रेससहित दलहरूको समझदारीमा राष्ट्रपति चयन गर्ने अभिव्यक्ति दिइरहेका बेला ओलीले यस्तो टिप्पणी गरेका हुन् ।

राष्ट्रपतिबारे प्रधानमन्त्री प्रचण्डलाई उद्धृत गर्दै पत्रकारहरूले सोधेको प्रश्नमा एमाले अध्यक्ष ओलीले भने, ‘राष्ट्रिय सहमतिमा हुनुपर्छ, एमालेले उम्म्मेदवार उठाउँछ, हाम्रो सहमति त्यही हो । त्यसमा राष्ट्रिय सहमति हुनुपर्छ ।’