
काठमाडौं, ५ माघ । काठमाडौंको कीर्तिपुर नगरपालिका–६ चोभारस्थित जलविनायक पुलनजिकै बागमती नदीको किनारमा कार खसेर वेपत्ता भएका राजकुमार खत्रीको शव चार दिनपछि आज भेटिएको छ ।
सशस्त्र प्रहरी बल नेपाल नम्बर १८ निलबाराही गण, नम्बर २० विपद् उद्दार गण काठमाडौंबाट खटिएको गोताखोरसहितको टोलीले उनको शव आज दुर्घटनास्थलबाट करीब सय मिटर तल फेला पारेको हो ।
पुस २ गते उक्त स्थानमा बा ५ च ५६५४ को सिलभर रङको कार नदी किनारमा खसेको थियो । दुर्घटनामा कारमा सवार काठमाडौंको दक्षिणकाली नगरपालिका–१ बस्ने अन्दाजी ४० वर्षीय राजकुमार खत्री वेपत्ता भएका थिए भने अन्दाजी ४० पर्षीया अम्बिका लामिछाने घाइते भएकी थिइन् ।
सशस्त्र प्रहरीले उनको शव नेपाल प्रहरीलाई बुझाएको छ ।















प्रतिक्रिया