
काठमाडौं, ५ माघ । नेकपा एमालेका सांसद योगेश भट्टराईले नेपाली काँग्रेसले पनि सभामुखमा एमालेका उम्मेदवार देवराज घिमिरेलाई मत दिनुपर्ने बताएका छन् ।
प्रतिनिधि सभाको बैठकमा बोल्दै भट्टराईले प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डलाई काँग्रेसले विश्वासको मत दिएकाबेला सबै खुशी भएको तर अहिले आएर काँग्रेसको स्वार्थ राष्ट्रपतिमा थियो कि भन्ने आशंका भएको बताएका हुन् ।
‘प्रधानमन्त्रीलाई मनबाटै विश्वासको मत आयो भनेर खुशी भयौँ । कतै विश्वासको मत जानुपर्ने एकातिर लगाइएको आँखा अर्कोतिर त हैन ?’ भट्टराई प्रश्न गरे ।
‘आज बिहान प्रमोद खरेलको एउट गीत सुनेको थिँए मायाँ गर्ने मुटुले हो निधारले हैन । मुटुले विश्वासको मत दिएको हो भने देवराज घिमिरेले मत पाउनुपर्छ,’ भट्टराईले थपे ।
नेकपा एमाले प्रतिपक्षमा बसिरहेकामा काँग्रेसले संविधानलाई नै धरापमा पारेपछि एमालेले अग्रसरता दिएर सरकार बनाएको भट्टराईले दाबी गरे ।















प्रतिक्रिया