
काठमाडौं, ४ माघ । नेकपा (एमाले) का अध्यक्ष केपी शर्मा ओलीसँग नेपालका लागि चिनियाँ राजदूत चेन सोङले बुधबार शिष्टाचार भेट गरेका छन् ।
ओली निवास बालकोटमा भएको भेटमा नेपाल र चीनको हित र चासोका विविध पक्षबारे छलफल भएको ओलीको सचिवालयले जानकारी दिएको छ ।
राजदूत सोङले केही दिनअघि ओहोदाको प्रमाणपत्र ग्रहण गरेसँगै आफ्नो भेटघाट बढाएका हुन् ।















प्रतिक्रिया