१ कार्तिक २०८३, आइतबार

अर्थतन्त्रको समस्या समाधानको प्रयास भइरहेको छ: अर्थमन्त्री पौडेल

84
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाडौं, ४ माघ । उपप्रधान एवं अर्थमन्त्री विष्णु पौडेलले मुलुकको अर्थतन्त्रमा देखिएका समस्या समाधानका प्रयास भइरहेको बताएका छन् ।

नेपाल चेम्बर अफ कमर्सले बुधबार काठमाडौंमा आयोजना गरेको ‘अर्थतन्त्रः अबको बाटो’ विषयक कार्यक्रममा अर्थमन्त्री पौडेलले निजी क्षेत्र लगायत सरोकारवालासंगको समन्वयमा अर्थतन्त्रमा देखिएका समस्या समाधानको प्रयास भइरहेको बताएका हुन् ।

अर्थमन्त्री पौडेलले आर्थिक रुपमा चिन्ताजनक अवस्थामा रहेको र सक्षम पाइलट खोज्ने अवस्थामा रहेको बताए । भूकम्प र कोरोनाले झुकाउन नसकेको अर्थतन्त्र समस्यमा फस्नु गम्भीर बिषय भएको उनको भनाइ छ ।

पुष ११ गते अर्थमन्त्रालयमा प्रवेश गरेपछि आफूले सुक्ष्म ढंगले अध्ययन गरिरहेको उनले बताए । उनले अर्थतन्त्र सुधारका नीतिगत योजना बनाएर केही समयमै आक्रामक रुपमा प्रस्तुत हुने दावी गरे ।

अर्थमन्त्री पौडेलले उत्पादन क्षेत्रमा खर्च बढाउने र अनुत्पादक क्षेत्रको खर्च कटौती गरेर आर्थिक अनुशासन कायम गर्ने कुरामा वर्तमान सरकार नचुक्ने उल्लेख