
काठमाडौ, ४ माघ । मधेश प्रदेशका मुख्यमन्त्री सरोजकुमार यादवले विश्वासको मत पाएका छन् ।
बुधबार यादवले प्रदेशसभाबाट विश्वासको मत पाएका हुन् । नेकपा एमालेका २४, कांग्रेसका २२, जसपाका १६, जनमत पार्टीका १३, लोसपाका ९, नेकपा माओवादी केन्द्रका ७, नेकपा एकीकृत समाजवादीका ७, नागरिक उन्मुक्ति पार्टीका १, राष्ट्रिय प्रजातन्त्र पार्टीका १, नेपाल संघीय समाजवादी पार्टीका १ तथा पाँचजना स्वतन्त्र प्रदेशसभा सदस्यहरुसहित सबै उपस्थित १०२ जना सांसदले नै मुख्यमन्त्री यादवलाई विश्वासको मत दिएका हुन् ।
यादव गत पुस २७ गते ६३ सांसदको समर्थनमा मुख्यमन्त्रीमा नियुक्त भएका थिए ।















प्रतिक्रिया