
काठमाडौं, ४ माघ । कर्णाली प्रदेश सभाको उपसभामुखमा यशोदा न्यौपाने निर्वाचित भएकी छिन् ।
माओवादी केन्द्रकी न्यौपानेले ४० सदस्यीय संसदबाट २४ मत पाएकी हुन् । न्यौपानेको विपक्षमा १४ मत पर्यो भने १ जना तटस्थ बसे ।
न्यौपानेलाई माओवादी केन्द्रको १३, नेकपा एमालेका ९, एकीकृत समाजवादी र राप्रपाका एक/एक जना प्रदेशसभा सदस्यले मतदान गरेका हुन्।
कालीकोटकी न्यौपाने समानुपातिक प्रणालीमार्फत सांसद बनेकी हुन् ।















प्रतिक्रिया