१ कार्तिक २०८३, आइतबार

कहिले रिलिज हुन्छ प्रभास अभिनित ‘आदिपुरुष’ ?

126
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाडौं, ४ माघ । दक्षिण भारतीय सुपरस्टार प्रभास अभिनित बहुप्रतिक्षित फिल्म ‘आदिपुरुष’को प्रदर्शन मिति सार्वजनिक भएको छ ।

फिल्म १६ जुनमा रिलिज हुने भएको छ । निर्देशक ओम राउतले सामाजिक सञ्जाल इन्स्टाग्राममार्फत फिल्मको रिलिज मिति सार्वजनिक गरेका हुन् ।

निर्देशक राउतले प्रदर्शन मिति सार्वजनिक गर्दै नयाँ फिल्म रिलिजका लागि १५० दिन मात्र बाँकी रहेको समेत उल्लेख गरेका छन् । प्रभासको अलवा कृति सेनन, सैफ अली खान र सन्नी सिंहको समेत अभिनय रहेको छ ।

‘आदिपुरुष’लाई बलिउडको अहिलेसम्मकै महँगो फिल्म भनिएको छ । फिल्म करिब ५०० करोडको बजेटमा बनेको भारतीय सञ्चार माध्यामहरुले जनाएका छन् ।