५ कार्तिक २०८३, बिहिबार

रेडियो कुशुमबाट भूकम्पले विस्थापित रेडियो पर्वतलाई आर्थिक सहयोग

0
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

radio-kushumपर्वत, ३ जेठ । वैशाख १२ र २९ गते गएको महाभूकम्पमा परि क्षत विक्षत बनेको जिल्लाकै पहिलो एफएम रेडियो पर्वतलाई रेडियो कुशुम ९० मेगाहर्जले आर्थिक सहयोग गरेको छ ।

रेडियो पर्वतमा भौतिक संरचनामा क्षति पुगेको भन्दै विभिन्न क्षेत्रबाट सहयोग संकलन कार्यमा सहजता होस भन्ने उद्देश्यका साथ रेडियोमा कार्यरत कर्मचारी तथा रेडियो बाट संकलन गरिएको रु ११ हजार एक सया ११ रुपैयाँ नगद रेडियो पर्वतलाई हस्तान्तरण गरिएको हो ।

भूकम्पबाट रेडियो सञ्चालन गरिएको भवनमा क्षति पुगेपछी रेडियो सञ्चालनमा कठिनाई उत्पन्न भएको सस्थापक अध्यक्ष भोलानाथ शर्माले बताउनुभयो । ग्रामीण सचेतन समाज द्धारा २०६३ सालमा स्थापना भएर हाल अहिम्साबादी संगठन नेपालले सञ्चालनको जिम्मेवारी पाएको रेडियो पर्वत १०३.६ मेगाहर्जमा हालै गएको भूकम्पले रेडियो प्राविधिक कक्ष क्षत विक्षत बनेको छ भने पुरै घर जुनसुकै अवस्थामा पनि पल्टिन सक्ने अवस्थामा पुगेको संस्थापक शर्माले बताउनुभयो ।

जिल्लामा सञ्चालित सञ्चार माध्यम तथा सञ्चार क्षेत्रमा कार्यरत पत्रकारहरुको साझा संगठन नेपाल पत्रकार महासंघ पर्वतले समेत भएको क्षतिको बारेमा कुनै चासो नै नदेखाएको भन्दै निकै त्रासदीपुर्ण बातावरणमा रेडियो सञ्चालन गर्नुपरेको स्टेशन म्यानेजर शंकर शर्माले बताउनुभयो ।

यस्तो अवस्थामा सामाजीक क्षेत्रमा समान दायित्व निर्वाह गर्ने अर्को रेडियोले सहयोग गर्नु निकै उदाहरणीय काम भएको शर्माले बताउनुभयो । रेडियो कुशुमले गरेको यो आर्थिक सहयोगले काम गर्न थप हौसला र उत्साह मिलेको भन्दै प्राप्त रकमलाई जगको रुपमा लिदै थप रकम संकलन गरि आर्थिक र भौतिक हिसाबले रेडियोलाई मजबुत बनाउदै लैजाने समेत म्यानेजर शर्माले बताउनुभयो ।

रकम हस्तान्तरण पछि बोल्दै रेडियो कुशुमका अध्यक्ष ठाकुर वि पौडेलले सहयोग गरेको रकम सानो भएपनि यसलाई सुरुवातको रुपमा लिन आग्रह गर्नुभयो । जिल्ला सदरमुकाम कुश्माबाट सञ्चालनमा आएको रेडियो कुशुम र ग्रामिण क्षेत्रका जनतालाई सु–सुचित गर्न स्थापना भएको रेडियो पर्वतकाबीच जुनसुकै र जस्तोसुकै सहकार्य गरेर अगाडी बढन आँफुहरु तैयार रहेको पौडेलले बताउनुभयो ।

रेडियो कुशुममा कार्यरत कर्मचारीबाट संकलित केही रकम तथा रेडियोको तर्फबाट समेत संकलित सो रकम हस्तान्तरण गरिएको थियो । रकम हस्तान्तरण कार्यक्रममा रेडियो कुशुमका स्टेशन म्यानेजर गणेश पौडेल तथा कार्यक्रम संयोजक कृष्ण अखेली, त्यस्तै अहिंम्साबादी रेडियो पर्वतका सबै सञ्चारकर्मीहरुको उपस्थिति थियो ।