
काठमाडौ, ३ माघ । प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ ललितपुरस्थित सुमेरु अस्पताल पुगेका छन् ।
नेकपा माओवादी केन्द्रका उपमहासचिव वर्षमान पुनको स्वास्थ्य अवस्थाबारेमा जानकारी लिन प्रचण्ड अस्पताल पुगेका हुन् ।
स्वास्थ्यमा समस्या देखिएपछि केही दिनअघि पुनलाई रोल्पाबाट हेलिकोप्टरमा काठमाडौं ल्याएर सुमेरु अस्पतालमा भर्ना गरिएको छ ।
पुन गम्भीर प्रकारको जण्डिसबाट पीडित् छन् ।















प्रतिक्रिया