५ कार्तिक २०८३, बिहिबार

माइती नेपाललाई फिरिरिको सहयोग

0
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

Firrie

काठमाडौं, ३ जेठ । माइती नेपालले भूकम्पबाट पीडित बालबालिका र सुत्केरी महिलालाई आश्रय दिएको थाहा पाएपछि फिरिरि नेपालले दश हजार नगद र एक लाख बराबरको कपडा सहयोग गरेको छ ।

पीडित बालबालिका र महिलालाई लक्षित गरेर फिरिरिले नेपालमै उत्पादन गरेको कपडा माइती नेपालका अध्यक्ष अनुराधा कोईरालालाई हस्तान्तरण गरेको फिरिरिका प्रबन्ध निर्देशक भगवती थापाले बताउनुभयो ।

विनाशकारी महाभूकम्पबाट प्रभावित १८ वर्ष नपुगेका २ सय बालिकालाई माइती नेपालले आश्रय दिने भएको छ । नेपालले अहिलेसम्म परिवारबाट छुट्टिएका २८ जना बालबालिकालाई आश्रय दिइएको नेपालका सेल्टर इन्चार्ज सुमित्रा श्रेष्ठले जानकारी दिनुभयो ।

भूकम्प प्रभावित क्षेत्र सिन्धुपाल्चोक, खोटाङ, ललितपुर र काठमाडौंका २८ जनाले आश्रय लिइसकेका छन् । नेपालले भूकम्पबाट अलपत्र अवस्थामा रहेका ३ जना सुत्केरीलाई उद्धार गरेको श्रेष्ठले जानकारी दिनुभयो ।

नेपालले भूकम्प प्रभावित क्षेत्रमा पुगेर राहत वितरण गर्नुका साथै परिवारबाट बिछोड भएका बालिकाको उद्धार र अवस्थाको बारेमा डाटा संकलन समेत गर्ने गरेको श्रेष्ठको भनाई छ ।