१ कार्तिक २०८३, आइतबार

बुर्ज खलिफामा शाहरुख खानको पठान

910
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाडौं, ३ माघ । बलिउड अभिनेता शाहरुख खान आफ्नो आगामी फिल्म पठानको प्रमोशनको लागि दुबईमा छन् ।

शनिबार विश्वको सबैभन्दा अग्लो भवन बुर्ज खलिफामा फिल्मको ट्रेलर देखाइएको छ ।

प्रमोशनल कार्यक्रममा शाहरुखले झुमे जो पठान गीतबाट पठान हुकस्टेप पनि प्रदर्शन गरेका थिए ।

उनका फ्यानहरुले दुबईका उक्त भिडियो र तस्विरहरू सामाजिक सञ्जालमा सेयर गरेका छन् ।

सिद्धार्थ आनन्द द्वारा निर्देशित पठानमा शाहरुखसँगै दीपिका पादुकोण, जोन अब्राहम, डिम्पल कपाडिया, आशुतोष रानाको पनि अभिनय रहेको छ । फिल्म यहि २५ जनवरीमा विश्वव्यापी प्रदर्शन हुँदै छ ।