१ कार्तिक २०८३, आइतबार

एटीआर–४२ र एटीआर–७२ वायु यानमा कुनै प्राविधिक त्रुटि छैन : नागरिक उड्डयन प्राधिकरण

490
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाडौं, २ माघ । नेपालमा सञ्चालित नेपाल नागरिक उड्डयन प्राधिकरणले नेपालमा सञ्चालित एटीआर–४२ र एटीआर–७२ जहाजमा कुनै प्राविधिक त्रुटि नदेखिएको प्रष्ट पारेको छ ।

पोखरा अन्तर्राष्ट्रिय विमानस्थल नजिकै भएको आइतबारको दुर्घटना लगत्तै प्राधिकरणका उडान सुरक्षा निरीक्षकहरुले नेपालमा सञ्चालित सबै एटीआर–४२ र एटीआर–७२ जहाजको विस्तृत प्राविधिक परीक्षण गरिएको प्राविकरणले बताएको छ ।

वायुयानको नियमित उडान योग्यताका लागि दैनिक गरिने दैनिक निरीक्षण, उडानपूर्व गरिने निरीक्षण, निश्चित अन्तरालमा गरिने ‘सेड्युल इन्सपेक्सन’ जस्ता मर्मत सम्भारका कार्यहरू अन्तर्राष्ट्रिय नागरिक उड्डयन संगठन (आईकाओ)को मापदण्ड तथा सिफारिस एवं वायुयान निर्माता कम्पनीका मापदण्डबमोजिम गर्ने गरिएको पनि बताएको छ ।