
काठमाडौं, २ माघ । सरकारले आइतबार पोखरामा यती एयरलाइन्स दुर्घनामा परी मृत्यु भएकाहरुको शवको व्यवस्थापन र हस्तान्तरण गर्न आवश्यक कार्ययोजना बनाएको छ ।
सिहदरबारमा सोमबार बसेको राष्ट्रिय विपद् जोखिम न्यूनीकरण तथा व्यवस्थापन बैठकले शवको पोष्टमार्टम, शव हस्तान्तरण तथा केही शव विदेश पठाउने लगायतलाई सहजीकरण गर्न कार्ययोजना बनाएको हो ।
त्यस्तै बैठकमा मृतकका परिवारलाई बिमा वापतको रकम उपलव्ध गराउने बिषयमा पनि छलफल भएको थियो । मृतक सबैको सनाखत भइसकेपछि प्रमाणहरु लिने काम हुने र बिमा वापतको रकम उपलव्ध गराइने भएकाले बिमाका सम्बन्धमा कुनै समस्या नरहेको बिमा प्राधिकरणका अध्यक्ष सूर्य सिलवालले जानकारी दिए ।
आइतबार काठमाडौँबाट पोखराका लागि उडेको यती एयरलाइन्सको एटीआर–७२ विमान दुर्घटना भएको थियो ।















प्रतिक्रिया