१ कार्तिक २०८३, आइतबार

गण्डकीको उपसभामुखमा बिना थापा निर्वाचित

266
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाडौं, २ माघ । गण्डकी प्रदेशको उपसभामुखमा बिना थापा निर्वाचित भएकी छिन् ।

नेकपा एमालेकी थापा काँग्रेस उम्मेदवार पार्वती तामाङलाई पराजित गर्दै निर्वाचित भएकी हुन् । थापाले ३२ मत पाउँदा काँग्रेसकी तामाङले २६ मत पाइन् ।

थापालाई नेकपा एमालेका २२, माओवादीका ७, राप्रपाका २ र स्वतन्त्र सांसद दीपक मनाङेले मत दिएका थिए ।