१ कार्तिक २०८३, आइतबार

रास्वपाबाट तोसिमा बन्दैछिन् स्वास्थ्यमन्त्री ?

406
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाडौं, २ माघ । सत्ता गठन्धनको एक मुख्य घटक राष्ट्रिय स्वतन्त्र पार्टीले थप दुई मन्त्रालय पाउने भएको छ ।

गठबन्धनबीच रास्वपालाई थप दुई मन्त्रालय दिने सहमति भएको जानकारी दिइएको छ । रास्वपालाई स्वास्थ्य मन्त्रालय दिने सहमति भएको जानकारी दिइएको छ ।

अर्को मन्त्रालयबारेमा भने टुंगो लागेको छैन । खेलकुद मन्त्रालय पनि रास्वपालाई नै दिने बताइएपनि टुंगो लागेको छैन । रास्वपाले स्वास्थ्य मन्त्रालय भने पाउने पक्का जस्तै भइसकेको छ ।

रास्वपाका सभापति रवि लामिछाने यसअघि नै उपप्रधानमन्त्री तथा गृहमन्त्री बनिसकेका छन् । थप दुई मन्त्रालय पाएसँगै रास्वपाले तीन मन्त्रालयको जिम्मेवारी सम्हाल्ने छ ।

स्वास्थ्य मन्त्रालय रास्वपाले पाउने पक्का भएसँगै डा. तोसिमा कार्की स्वास्थ्यमन्त्री बन्ने चर्चा सुरु भएको छ । स्वास्थ्य क्षेत्रसँगै सम्बन्धीत रहेकी कार्कीलाई मन्त्री बनाउने विषयमा पार्टीभित्र पनि सकारात्मक छलफल भएको बताइएको छ ।

तोसिमा ललितपुर निर्वाचन क्षेत्र नम्बर ३ बाट प्रतिनिधि सभामा निर्वाचित सांसद हुन् ।