
काठमाडौं, २ माघ । आइतबार बिहान पोखरामा भएको यती एयरको विमान दुर्घटनामा मृत्यु भएकाहरुको पोष्टमार्टम तथा शव पहिचान कार्य सुरु भएको छ ।
काठमाडौंबाट गएका फरेन्सिक विज्ञको टोलीले काम सुरु गरेका हुन् । शव परीक्षणका लागि त्रिवि शिक्षण अस्पतालका फरेन्सिक विशेषज्ञ डा. गोपाल चौधरी र डा. समारिका दाहाल पोखरा पुगेका हुन् ।
आइतबार बिहान काठमाडौंबाट पोखरा गएको यती एयरलाइन्सको जहान सेती नदीको खोँचमा दुर्घटनामा परेको थियो । जहाजमा ४ जना चालकदलका सदस्यसहित ७२ जना सवार रहेका थिए ।
हालसम्म ६८ जनाको शव फेला परेको छ भने ४ जनाको खोजी भइरहेको छ ।















प्रतिक्रिया