२ कार्तिक २०८३, सोमबार

नेपालको भूकम्पमा बाँचे, भारतमा ज्यान गयो

0
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

Jeep-accidentकाठमाडौं, ३ जेठ । मृत्यु आइसकेको छ भने त्यो केही गरी टर्दैन । नेपालमा आएको भूकम्पमा सपरिवार बाँचेर भारत पुगेको एउटा परिवारका तीनजनाको सडक दुर्घटनामा ज्यान गएको छ ।

बैशाख १२ को भूकम्पपछि बाँचेर घर गएका तीन भारतीय नागरिकको बिहीबार काठमाडौं फर्कने क्रममा भारतमा भएको सडक दुर्घटनामा ज्‍यान गएको हो ।

नेपाल फर्कनका लागि दिल्ली जाँदै गरेका सामानको आयातकर्ता एक व्यापारीसहित तीनजनाको जिन्दगी भारतको बावल/रेवाडी राष्ट्रिय राजमार्गमा सकिएको हो ।

सडकमा सिग्नल नदिर्इ बीच सडकमा ढुंगा भरेर राखिएको डम्परमा कार ठोक्किएपछि उनीहरुको ज्यान गएको हो । ती ब्यापारीको परिवार बिहीबार परिवारको साथमा जयपुरबाट नेपाल जानका लागि दिल्ली एयरपोर्ट गइरहेको थियो ।

सो दुर्घटनामा परिवारका छ जना अन्य सदस्य पनि घाइते भए । घाइतेहरुको जयपुरको एक निजी अस्पतालमा उपचारका लागि भर्ना गरिएको छ ।

राजस्थानको विजयवाडा निवासी राहुल मित्तल नेपालको राजधानी काठमौमा सामान आयात गर्ने काम गर्थे । उनी सपरिवार काठमाडौंमै बस्दै आएका थिए ।

केही दिन आफ्नो पैतृक शहर जयपुरमा रहेपछि बुधबार राति राहुल मित्तल परिवारको साथमा नेपाल जानका लागि कारमा हिँडेका थिए । उनले बिहीबार बिहानन ११ बजे दिल्लीस्थित अन्तरराष्ट्रिय विमानस्थलबाट काठमाडौं उड्ने तालिका थियो ।

कारमा राहुलसहित उनका पिता बसन्त मित्तल, छोरा भरत मित्तल, आमा प्रेमलता,  पत्नी पुनम, भाइ सचिन, छोरी दीपिका र  साक्षी सवार थिए ।

कारलार्इ भारतकै सवाई माधोपुर निवासी रमेश चन्दले हाँकिरहेका थिए । बिहीबार बिहानै बावलको नजिकै राजमार्गस्थित पुलमा सडकमा ढुंगाले भरिएको डम्परको  पछाडि ठोक्किएको हो ।

घटनामा ५७ वर्षीया बसन्त मित्तल, कार चालक रमेश डेढ वर्षीय भरतको घटनास्थलमै ज्यान गयो । घटनामा प्रेमलता, राहुल, पुनम, सचिन, साक्षी र दीपिका गम्भीररुपमा घाइते भए ।

भारती पुलिसका एएसआई नरेश कुमार वर्माले पुलिसले घटनास्थलमा पुगेर डम्परको पछाडि फसेको कारलार्इ क्रेनको सहयोगमा निकालिएको जानकारी दिए । बावल पुलिसले डम्परलार्इ नियन्त्रणमा लिएर अनुसन्धान अघि बढाएको छ । अन्नपूर्ण पोष्टमा समाचार छ ।