३० आश्विन २०८३, शुक्रबार

तीन न्यायाधीशको गोलीहानी हत्या

0
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

court-orderकायरो, २ जेठ । बन्दुकधारीले इजिप्टमा शनिबार तीन जना न्यायाधीशको गोलीहानी हत्या गरेका छन् ।

बन्दुकधारीले शनिबार इजिप्टको सिनाई प्रान्तमा ती न्यायाधीशको हत्या गरेका हुन् । सिनाई इजिप्टको द्वन्द्वग्रस्त प्रायद्वीप हो ।
इजिप्टको राजधानी कायरोमा शनिबारै त्यहाँका पूर्व राष्ट्रपति मोहमद मोर्सीलाई मृत्युदण्डको सजाय सुनाएको केही घन्टापछि मात्र ती न्यायाधीशमाथि बन्दुकधारीले गोली प्रहार गरेका हुन् ।

सो क्षेत्रमा यसअघि पनि पूर्व राष्ट्रपति मोर्सीका समर्थहरुले प्रहरी र सरकारी अधिकारीहरुमाथि आक्रमण गर्ने गरेका थिए ।

तर त्यस हत्याको जिम्मेवारी भने कसैले लिएको छैन । प्रहरीले हत्याराको खोजीकार्य जारी रहेको बताएको छ । रासस÷एएफपी