
काठमाडौं, ३० पुस । नेकपा माओवादी केन्द्रका उपमहासचिव वर्षमान पुनको स्वास्थ्यमा समस्या देखिएपछि रोल्पाबाट हेलिकप्टरमा काठमाडौं ल्याइएको छ ।
कार्यक्रमका लागि रोल्पा पुगेका पुनको स्वास्थ्यमा समस्या आएपछि हेलिकप्टरबाट काठमाडौं ल्याइएको हो । उनको अहिले सुमेरु अस्पतालमा उपचार भइरहेको छ ।
गम्भीर प्रकारको जण्डिसबाट पीडित नेता पुन एक महिनाअघि चीनबाट उपचार गरेर नेपाल फर्किएका थिए ।















प्रतिक्रिया