१ कार्तिक २०८३, आइतबार

चलचित्र विकास बोर्डमा काम गर्न नदिएको भुवन केसीको गुनासो

210
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाडौं । चलचित्र विकास बोर्डका अध्यक्ष भुवन केसीले आफूलाई विभिन्न मुद्दा हालेर काम गर्न नदिएको गुनासो गरेका छन् ।

शुक्रबार काठमाण्डौंमा भएको चलचित्र निर्माताहरूको बृहत् भेला तथा छलफल अन्तरक्रिया कार्यक्रममा बोल्दै उनले चलचित्र विकास बोर्डको अध्यक्ष भएर आएको ५–६ महिना मात्रै भएको भन्दै आफूलाई विभिन्न मुद्दा हालेर काम गर्न नदिएको गुनासो गरे ।

अध्यक्ष केसीले आफू कुन बेला निस्किन्छ ? म चलचित्र विकास बोर्डको अध्यक्ष बनौँ भन्ने लोभ गर्ने मान्छेहरूले काम गर्न नदिएको आरोप लगाए । ‘‘म त आएको भर्खर ५–६ महिना भयो, आएदेखि राम्रा काम गर्छु भनेर लाग्यो के के भइदिन्छ बीचमा । मुद्दाहरु हाल्नुभएको छ, अदालतमा पनि जानैपर्छ । कोही साथीहरुलाई कुनबेला यो यहाँबाट जान्छ र म आऔँ भन्ने भएको छ । केसीले भने, मेरो उमेरमा अरु त रिटार्यमेण्टमा हुन्छ । म त भर्खर केही गरौँ भनेर आइरहेको छु । विकास बोर्डमा रहेसम्म कलाकारिता क्षेत्रको हक र हितका लागि केही गरेर नै बस्नेछौँ । निर्माताहरु एकजुट भएर अघि बढेमा हामी सफल हुनेछौँ ।’’

उनले आफ्नो कार्यकालमा चलचित्र विकासका लागि राम्रा काम गर्ने प्रतिबद्धता जनाए । उनले चलचित्र क्षेत्रलाई प्रवद्र्धन गर्न सबै निर्माताहरु एकजुट हुनुपर्ने समेत बताए ।