१ कार्तिक २०८३, आइतबार

बागमती प्रदेशको सभामुखका लागि निर्वाचन सुरु

140
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाडौं, २९ पुस । बागमती प्रदेशको सभामुखका लागि निर्वाचन सुरु भएको छ ।

प्रदेशसभाको बैठकमा सभामुखका लागि मत विभाजन हुनेछ। सभामुखका लागि तीन जना प्रतिस्पर्धामा रहेका छन् ।

नेपाली काँग्रेसबाट शिवराज अधिकारी, राष्ट्रिय प्रजातन्त्र पार्टीबाट भुवन पाठक र नेपाल मजदुर किसान पार्टीबाट सृजना सायजु प्रतिस्पर्धामा रहेका छन् ।

राप्रपाका पाठकलाई एमाले, माओवादी केन्द्र, एकीकृत समाजवादी र हाम्रो नेपाली पार्टीको समर्थन रहेका कारण पाठक नै निर्वाचित हुने निश्चित जस्तै छ ।

११० सदस्यीय बागमती प्रदेशसभामा राप्रपाका १३ जना सांसद छन् भने पाठकलाई सत्ता गठबन्धनबाट एमालेका २७, माओवादी केन्द्रका २१, एकीकृत समाजवादीका ७ र हाम्रो नेपाली पार्टीका २ जना सांसद रहेका छन् ।