१ कार्तिक २०८३, आइतबार

मधेश प्रदेश माओवादी केन्द्रको संसदीय दलको नेतामा भरत साह निर्वाचित

56
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाडौं, २९ पुस । मधेश प्रदेश नेकपा (माओवादी केन्द्र) संसदीय दलको नेतामा भरत साह निर्वाचित भएका छन् ।

शुक्रबार बिहान भएको मतदानमा साह प्रतिस्पर्धी युवराज प्रसाद भट्टराईलाई पराजित गर्दै दलको नेता बनेका हुन् ।

साहले ६ मत पाए भने भट्टराईले ३ मत पाएका छन् ।