१ कार्तिक २०८३, आइतबार

नेपाली पहिरन र गहनामा सजिएर मलाइकाको ‘र्‍याम्प वाक’

574
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाडौं, २९ पुस । बलिउड अभिनेत्री मलाइका अरोराले नेपाल जेम एन्ड ज्वेलरी एसोसिएसनले बिहीबार काठमाडौंमा आयोजना गरेको ‘फेसन रनवे एक्स्पोमा ¥याम्प वाक गरेकी छिन् ।

र्‍याम्प वाकका लागि मलाइका बिहीबार बिहान नेपाल आएकी थिइन् । दरबारमार्गस्थित होटल याक एण्ड यतिमा आयोजित कार्यक्रममा मलाइकाले नेपाली पहिरन र गरगहना लगाएर वाक गरेकी हुन् ।

उनले नेपाल आउन पाउँदा निकै खुसी लागेको भन्दै मलाइकाले निमन्त्रणका लागि धन्यवाद दिएकी छिन् ।