काठमाडौं, २ जेठ । नेपाल सरकारले भूकम्प सम्बन्धि जानकारीलाई सजिलो बनाउन मोबाइल एप्स सञ्चालनमा ल्याएको छ ।
उद्योगमन्त्री महेश बस्नेतले शनिवार ‘नेपाल अर्थक्वेक अपडेट्स्’ नामक मोबाइल एप्सको शुभारम्भ गर्नुभयो । मन्त्री बस्नेतले कल गर्दा पैसा नलाग्ने नम्बर (टोल फ्री नम्बर) १६१८०१४४१०१४१ को समेत शुभारम्भ गर्नुभयो ।
खानी तथा भूगर्भ विभागका अनुसार ४ रेक्टरस्केलभन्दा माथिका भूकम्प जाने वित्तिकै भूकम्पको सबै सूचना मोबाइल एप्समा अपडेट हुनेछ ।
















प्रतिक्रिया