काठमाडौँ, २ जेठ । दोलखा जिल्लालाई केन्द्रबिन्दु बनाएर फेरि भूकम्प गएको छ ।
शनिबार साँझ ५ बजेर १९ मिनेटमा दोलखालाई केन्द्रबिन्दु बनाएर ५.५ रेक्टर स्केलको भूकम्प गएको हो ।
अहिलेको भूकम्पको धक्का काठमाडौँ उपत्यकामा पनि महसुस गरिएको छ । भूकम्पपछि सर्वसाधारणहरु घरबाहिर निस्केका छन् ।
दोलखालाई केन्द्रबिन्दु बनाएर बिहान पनि दुईपटक भूकम्प गएको थियो । गत मंगलबारको शक्तिशाली भूकम्पपछि दोलखालाई केन्द्रबिन्दु बनाएर पटकपटक भूकम्प गइरहेको छ ।
















प्रतिक्रिया