१ कार्तिक २०८३, आइतबार

गायक रोशन र शान्तिको ‘खोली तरेको’ सार्वजनिक

1.5k
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाडौं, २६ पुस । लोकप्रिय गायक रोशन कुताल क्षेत्री र गायिका शान्ति सुनारको आवाजमा रहेको ‘खोली तरेको’ लोकदोहोरी गीत सार्वजनिक भएको छ ।

भिडियो गीत गायक क्षेत्रीको आफ्नै रोशन कुताल क्षेत्री नामक युटुब च्यानलमा सार्वजनिक गरिएको छ ।

महेन्द्र बिकको शब्द रहेको गीतमा सुक तामाङ ’सागर’को संगीत रहेको छ ।

चित्र मास्की मगरको निर्देशनमा तयार पारिएको भिडियोलाई नवीन घर्ती मगरले सम्पादन गरेका छन् । भिडियो गीतमा प्रेमी प्रेमिकाले आफै मरेको देखेको सपना राम्रो कि नराम्रो प्रश्न गरेका छन् ।