काठमाडौं, २ जेठ । भूकम्प आउने क्रम जारी रहेका बेला अर्काे भूकम्प राजधानीको ललितपुरलाई केन्द्रविन्दु बनाएर गएको छ । भूकम्प मापन केन्द्रका अनुसार शनिवार ९ बजेर ३५ मिनेटमा ललितपुर र मकवानपुरलाई केन्द्रविन्दु बनाएर ४.२ रेक्टर स्केलको भूकम्प गएको हो ।
भूकम्पले ललितपुरका केही स्थानहरु हल्लिएको स्थानीयहरुले बताएका छन् । ४.२ रेक्टर स्केल सामान्य मानिएपनि कमजोर माटो भएको स्थानका घरहरुलाई हल्लाउने गर्छ । भूकम्प मापन केन्द्रका भूकम्पविद मुकुन्द भट्टराईले साना कम्पनले केही असर नगर्ने हुँदा सर्वसाधारणलाई नआत्तिन आग्रह गर्नुभयो ।
त्यस्तै ९ बजेर २४ मिनेटमा सिन्धुपाल्चोकलाई केन्द्रविन्दु बनाएर ४.२ रेक्टर स्केलकै भूकम्प गएको थियो । त्यसभन्दा अगाडी आज विहान मात्रै पाँच वटा भूकम्प गइसकेका छन् ।















प्रतिक्रिया