काठमाडौं, २ जेठ । शुक्रबार ४ वटा भूकम्पको केन्द्रविन्दु बनेको दोलखामा आज लगातार दुई भूकम्प कम्पन भएका छन् । भूकम्प मापन केन्द्रका अनुसार लगातार आएका भूकम्पको कम्पन एकै गतिमा भएको हो ।
भूकम्पविद मुकुन्द भट्टराईका अनुसार आज विहान दोलखालाई केन्द्रविन्दु बनाएर ४ बजेर ३८ मिनेट र ४ बजेर २८ मिनेटमा ४.१ रेक्टर स्केलका लगातार दुईवटा भूकम्प गएको हो ।
मंगलबारको भूकम्पले सय भन्दा बढी व्यक्तिहरुको ज्यान लिइसकेको दोलखामा भूकम्पले निरन्तर कम्पन गर्न थालेपछि स्थानीयहरु त्रसित वातावरण रातभरि जागराम बस्ने गरेका छन् ।
यस्तै, आज दोलखामा गएका दुई भूकम्पसहित विहान १० बजेसम्म पाँच वटा भूकम्प कम्पन भएका छन् । भूकम्प मापन केन्द्रका अनुसार पहिलो भूकम्प २ बजेर १५ मिनेट जाँदा गोरखा केन्द्रबिन्दु भई ४.० रिक्टर स्केलको पराकम्पन भएको थियो ।
स–साना पराकम्पन जाने क्रम जारी रहेको र यसबाट नअतालिन भूकम्पविद्हरुले सर्वसाधारणलाई आग्रह गरेका छन् ।












प्रतिक्रिया