३० आश्विन २०८३, शुक्रबार

हलिउड अभिनेत्री भूकम्प पीडितलाई सघाउन काठमाडौंमा

0
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

Michelle-Yeohकाठमाडौं, २ जेठ । हलिउड अभिनेत्री मिचेल योह भूकम्प पीडितलाई सहयोग गर्न काठमाडौं आएकी छिन् ।

नेपाल अटोमोबाइल स्पोर्ट्स एसोसिएसन नासाले शुक्रबार राजधानीमा आयोजना गरेको कार्यक्रममा सहभागी हुन पुनः नेपाल आएकी अभिनेत्री मिचेलले भनिन्, ‘नेपालमा धेरै क्षति भएको छ। तुरुन्त राहत तथा सहयोगको खाँचो छ। हामीले उचित तरिकाले सही ठाउँमा काम गर्न जरुरी छ।  म भूकम्प प्रभावित क्षेत्रमा जान चाहेकी छु।’

कार्यक्रममा नासाले भूकम्पपीडितका लागि नासा इमर्जेन्सी फन्ड घोषणा गरेको छ। फन्डमा लगभग सवा करोड रुपैयाँ रहेको छ। फन्ड हरेक वर्ष ६० जना मानिसको लागि प्रयोग गरिने बताइएको अन्नपूर्ण पोष्ट दैनिकले छापेको छ ।

भूकम्पपीडितलाई रोजगारी व्यवस्थित गर्न ३० जनालाई ड्राइभिङ तथा ३० जनालाई अटोमेकानिक्स तालिम दिइनेछ।

त्यसैगरी भूकम्प प्रभावित क्षेत्रका सय जना बालबालिकालाई १२ कक्षासम्मको अध्ययन तथा शैक्षिक सामग्री पनि उपलब्ध गराउने भएको उनले बताएकी छिन् ।

नेपालमा रहेकी ५२ वर्षीया मलेसियन अभिनेत्री मिचेल द्वन्द्वप्रधान चलचित्रका कारण सधैं चर्चामा रहने गरेकी छन्। सन् १९९७ मा संसारका सर्वाधिक ५० सुन्दरीमा उनी पनि परेकी थिइन्।

एकेडेमिक अवार्डबाट सम्मानित उनी अल टाइम एक्सन हिरोइनको रूपमा परिचित छिन्। मलेसियन चाइनिज परिवारमा हुर्केकी मिसेलले २० वर्षको उमेरमा मिस मलेसियाुको उपाधि जितेकी थिइन्। त्यसपछि मिस वल्र्डमा सहभागी भएकी मिसेलले ज्याकी च्याङसँग द्वन्द्वप्रधान चलचित्रमा काम गर्न सुरु गरेकी हुन्।

यसअघी फेडेरेसन इन्टरनेसनल डेल अटोमोबाइल स्पोटर्स रिजनल कंग्रेसको वैशाख १० देखि १२ गतेसम्म राजधानीमा आयोजना भएको कार्यक्रममा सहभागी हुन नेपाल आएका बेला उनले भूकम्पले निम्त्याएको विध्वंश देखेकी थिइन्।

पूर्वनिर्धारित कार्यक्रमअनुसार वैशाख १२ गते फर्केकी उनी भूकम्पपीडितको अवस्था देखेर सहयोगका लागि काम गर्न तयार भएकी हुन्।