३ कार्तिक २०८३, मंगलबार

अमेरिकामा ६ वर्षीय बालकले आफ्नै गुरुलाई गोली हानेपछि…

70
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

सांकेतिक तस्वीर

वासिङ्टन, २४ पुस । अमेरिकाको भर्जिनियामा राज्यमा एक जना छ वर्षीय बालकले आफ्ना गुरुलाई गोली हानेर गम्भीर घाइते बनाएका छन् ।

पूर्वी राज्य भर्जिनियाको एक प्राथमिक विद्यालयमा शुक्रबार ‘झगडा’ हुँदा एक छ वर्षीय बालकले शिक्षकलाई गोली हानेर गम्भीर घाइते बनाएको स्थानीय प्रहरीले जनाएको छ ।

न्युपोर्ट न्युज सहरका प्रहरीका अनुसार रिचनेक इलिमेन्टरी स्कूलकी ३० वर्षकी शिक्षिका गोली लागेर मरणासन्न भएकी छन् । उनको ज्यान जोखिममा रहेको बताइएको छ । त्यति सानो शिशुले कक्षाकोठामा बन्दुक कहाँबाट ल्यायो भन्नेबारे अनुसन्धान भइरहेकोछ । बालकलाई हिरासतमा राखिएको छ । सिन्ह्वा