२ कार्तिक २०८३, सोमबार

हिन्दूधर्म परिवर्तन गरी क्रिष्चियन बने घर बनाइदिने प्रस्ताव

0
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाडौं, २ जेठ । वैशाख १२ गतेको विनाशकारी भूकम्पबाट काठमाडौंका दुईवटा गिर्जाघरमा प्रार्थना गरिरहेका ७४ जनाको घटनास्थलमै र एक जना घाइतेको उपचारका क्रममा मृत्यु भएको छ ।

काठमाडौं महानगरपालिका–१५ सीतापाइलास्थित ठाडो भर्‍याङमा भुवनमान शाक्यको घरमा सञ्चालित मुक्तिको दर्शन मण्डलीका ४८ जना र कामनपा वडा नं– ६ कपन, सरस्वतीनगरमा रहेको नवीनकुमार राजभण्डारीको साततलेका नामले चर्चित घरमा सञ्चालित सुककोठ प्रार्थना भवनमा २६ जनाको प्रार्थना गर्दागर्दै भूकम्पमा परी मृत्यु भएको सौर्य दैनिकले छापेको छ ।

सुककोठ प्रार्थना भवनमा भूकम्पकै दिन घटनास्थलमा २६ जनाको मृत्यु भएको थियो भने सोही भवनमा घाइते भई ओम अस्पतालमा उपचाररत भीमादेवी भुजेलको २६ गते शनिबार उपचारका क्रममा मृत्यु भएको प्रार्थनाका क्रममा दुर्घटनामा परी बाँच्न सफल सुवास सुब्बा लिम्बूले बताए ।

‘प्रार्थनामा ८५–९० जना थियौँ, एकाएक आएको भूकम्पले घर ढलेपछि भागदौड भयो, अहिलेसम्म २७ जना मरिसकेका छन्, धेरैको राजधानीका विभिन्न अस्पतालमा उपचार भइरहेको छ, म भने मुस्किलले बाँच्न सफल भएँ,’ उनले भने । इसाई धर्मावलम्बीले प्रत्येक आइतबार चर्चमा भेला भई प्रार्थना गर्ने प्रचलन संसारभर नै छ ।

नेपालमा आइतबार नभई शनिबार सार्वजनिक बिदा हुने भएकाले शनिबारकै दिन नेपालका इसाईले चर्चमा भेला भई प्रार्थना गर्ने गर्दछन् । भूकम्पका दिन पनि शनिबार नै परेकाले नेपालका अधिकांश इसाईहरू चर्चमा प्रार्थनारत थिए भन्ने बुझिएको छ तर भूकम्पमा परी काठमाडौं बाहिरका चर्चमा कति जनधनको क्षति भयो भन्ने यकिन विवरण प्राप्त हुन सकेको छैन ।

प्रार्थनाकै क्रममा भूकम्पले हल्लाउन थालेपछि चर्च बाहिर भाग्न खोज्दा ‘प्रभु येसुले हामीलाई बचाउनुहुन्छ, भाग्नुपर्दैन’ भनी प्रार्थनारतलाई बाहिर जान नदिएको भन्ने चर्चा पनि सुनिएको छ ।

यसबारे मिलन टोल सुधार समिति सीतापाइलाका अध्यक्ष भीमसेन पोख्रेल भन्छन्, ‘प्रार्थना भइरहेका बेलामा भूकम्प गएपछि चर्चका पास्चरले येसुले बचाउनुहुन्छ, डराउनुपर्दैन भनेको ९९ घन्टापछि चर्चबाट जीवितै उद्धार गरिएका विक्रम लामाले बताएका थिए, लामा मनमोहन अस्पतालमा उपचार गराई स्वस्थ भइसकेका छन् ।’

भूकम्प जाँदा चर्चमा प्रभु येसुको प्रार्थनामा रहेका नेपाली इसाईले अकस्मात् भूकम्पले हल्लाउन थालेपछि आत्तिँदै ‘नारायण, नारायण, राम, राम’ भनेर सनातन हिन्दू देवताको नाम लिँदै चिच्याउन थालेको एक नेपाली इसाईले आफ्नो परिचय सार्वजनिक नगर्न अनुरोध गर्दै बताए ।

वैशाख १२ गतेको भूकम्पबाट सबैभन्दा बढी प्रभावित सिन्धुपाल्चोक जिल्लामा सरकारको समेत राहत नपुगेका बेलामा राहतका नाममा चामलको बोराभित्र बाइबल राखेर पीडितलाई बाँडिएको सिन्धुपाल्चोकका भूकम्पपीडित स्थानीयवासीले जानकारी दिएका छन् ।

‘भूकम्पबाट घरबार गुमाएकालाई राहत प्रदान गर्न प्रशासन अथक प्रयासमा जुटिरहेका बेलामा मानवीय संवेदनालाई समेत ध्यानमा नराखी यस्ता गतिविधि सञ्चालन गर्ने छुट कसैलाई छैन,’ उनले भने । यस सम्बन्धमा क्रिस्चियन महासंघका महासचिव सिबी गहतराजसँग प्रतिक्रियाका लागि पटकपटक सम्पर्क गर्न खोज्दा सम्पर्क हुन सकेन ।

‘धर्म परिवर्तन गरेर क्रिस्चियन बनेमा भत्केको कच्ची घरलाई निःशुल्करूपमा पक्की बनाइदिने प्रस्ताव आउन थालेको छ, यस्तो प्रस्ताव राख्ने समूह भूकम्पपछि पटकपटक गाउँगाउँ घुमेको छ,’ धर्म परिवर्तनको प्रस्ताव आएको सुनाउँदै सिन्धुपाल्चोक जिल्लाको मध्यभेगस्थित बाडेगाउँ गाविसका कुलप्रसाद कोइरालाले भने ।

‘धर्म परिवर्तन गरेर क्रिस्चियन बनेमा भत्केको कच्ची घरलाई निःशुल्करूपमा पक्की बनाइदिने प्रस्ताव आउन थालेको छ, यस्तो प्रस्ताव राख्ने समूह भूकम्पपछि पटकपटक गाउँगाउँ घुमेको छ’

दुई वर्षअघिसम्म काठमाडौंका होटेलमा मजदुरी गरी जीवनयापन गर्ने समुदायका मानिस एकाएक लाखौँ रुपैयाँको राहतका साथमा गाउँमा आइरहेका फटकशिला गाविसका श्यामकाजी श्रेष्ठले बताए ।

धर्म निरपेक्ष घोषणा गरिए पनि २०६३ माघ १ गते जारी भएको नेपालको अन्तरिम संविधानको धारा २३ मा कसैले कसैको धर्म परिवर्तन गराउन नपाउने व्यवस्था गरेको छ । त्यस धारामा भनिएको छ, ‘कसैले कसैको धर्म परिवर्तन गराउन पाउने छैन र एक अर्काको धर्ममा खलल पार्ने गरी कुनै काम व्यवहार गर्न पाइने छैन ।’

बाह्रबिसेका स्थानीयवासी चेतमणि न्यौपानेले भने, ‘हिन्दू र बौद्ध धर्मावलम्बी गरी ९७ प्रतिशतभन्दा बढी जनसंख्या रहेको जिल्लामा आर्थिक प्रभाव र लोभलालचकै आधारमा धर्म परिवर्तन गराउने काम नरोकेमा सहेर बस्दैनौँ, हामी सहनशील छौँ, धर्म निरपेक्षता स्वीकारेका छौँ तर यसलाई धर्म परिवर्तन गराउने लाइसेन्सका रूपमा प्रयोग गरिए जस्तोसुकै कदम चाल्न तयार छौँ ।’

जिल्लाको दुर्गम र ऐतिहासिक धार्मिक गाविस गुम्बामा गरिबीको रेखामुनि रहेका स्थानीय बौद्ध धर्मावलम्बीलाई लोभलालचमा पारी धर्म परिवर्तन गराउने क्रम भूकम्पबाट राष्ट्र शोकमा डुबेको अहिलेको बेलामा धेरै बढेको गुम्बा गाविसका स्थानीय लामा धर्मगुरु ग्याल्जेन लामाले प्रतिक्रियामा बताए ।

सिन्धुपाल्चोकका सहायक प्रमुख जिल्ला अधिकारी सूर्यप्रसाद उपाध्याय संवेदनशील अवस्थामा संविधान र कानुनविपरीत कसैले धर्म परिवर्तन गराउने उद्देश्यले कुनै काम गरेमा कानुनी कारबाहीको दायरामा ल्याइने बताउँछन् ।

‘भूकम्पबाट घरबार गुमाएकालाई राहत प्रदान गर्न प्रशासन अथक प्रयासमा जुटिरहेका बेलामा मानवीय संवेदनालाई समेत ध्यानमा नराखी यस्ता गतिविधि सञ्चालन गर्ने छुट कसैलाई छैन,’ उनले भने । यस सम्बन्धमा क्रिस्चियन महासंघका महासचिव सिबी गहतराजसँग प्रतिक्रियाका लागि पटकपटक सम्पर्क गर्न खोज्दा सम्पर्क हुन सकेन ।