४ कार्तिक २०८३, बुधबार

मनकामना केबलकार नियमित सञ्चालनमा

140
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाडौं, २२ पुस । दुई सातादेखि बन्द रहेको मनकामना केबलकार नियमित सञ्चालनमा आएको छ ।

विद्युत आपूर्तिका कारण प्यानलमा क्षति हुँदा १० पुसबाट बन्द भएको केबलकार सेवा आजबाट नियमित सञ्चालनमा आएको हो ।

विद्युत आपूर्तिमा भएको समस्याका कारण केबलकारको प्यानलमा क्षति पुगेको थियो ।

मर्मतका लागि निर्माता कम्पनी अष्ट्रियाको डोपलमायरकै प्राविधिक आउनुपर्ने हुँदा केही दिन सेवा अवरुद्ध भएको मनकामना दर्शन प्रालिले जनाएको छ ।