काठमाडौँ, १ जेठ । गत वैशाख १२ गते र २९ गते गएका भूकम्पका कारण मृत्यु हुनेको सङ्ख्या आठ हजार ४६० पुगेको छ ।
गृह मन्त्रालयले केहीबेर अगाडि उपलब्ध गराएको जानकारीअनुसार वैशाख १२ गतेको भूकम्पबाट हालसम्म आठ हजार ३४३ जनाको मृत्यु भएको छ भने वैशाख २९ गतेको भूकम्पका कारण ११७ जनाको मृत्यु भएको छ ।
हालसम्म वैशाख २९ को भूकम्पका कारण घाइते हुनेमध्ये चार हजार ५७१ जना र २९ गतेको भूकम्पका कारण घाइते भएका एक हजार ७०० जनाको उपचार भइरहेको मन्त्रालयले जनाएको छ ।
मृतकमध्ये हालसम्म आठ हजार ३९९ जनाको शव आफन्तलाई बुझाई सकिएको छ । रासस












प्रतिक्रिया